मोदीको कार्यक्रममा नेपाली पत्रकारलाई ‘आउट’ !

मोदीको कार्यक्रममा नेपाली पत्रकारलाई ‘आउट’ !

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज जनकपुरस्थित जानकी मन्दिरमा पुजा गर्ने कार्यक्रम छ । मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रमको समाचार सम्प्रेषणका लागि पत्रकारहरुलाई विशेष पासको ब्यबस्था गरिएको छ ।

पास वितरणमा भारतीय पत्रकारलाई प्राथमिकता दिइएको छ भने नेपाली पत्रकारहरुलाई बेवास्ता गरिएको छ । उक्त पास १५ जना नेपाली पत्रकारले मात्र पाएका छन् भने सबै भारतीय पत्रकारले पास पाएका छन् । पासबिनाका पत्रकारलाई मन्दिर प्रबेशमा रोक लगाइएको छ । मोदीको कार्यक्रमलाई लक्षित गर्दै ५ दर्जन भन्दा बढी भारतीय पत्रकारहरु नेपाल आएका छन् ।

मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

Logo