बाजुरा
पाँच दशक अघि आफ्नो जवानीको समयकाल सम्झिँदै बाजुरा त्रिवेणी नगरपालिका–३ पुर्वुताकी ७५ वर्षीया रासकला शाहीले देउडा गीत मार्फत भनिन्, ‘खेतका आलीमा दलन बाली नहुँदा दाल समेत देख्न पाइएन ।’ उनी जवान हुँदा खेतका आलीमा भटमास, गहत, मुसुरी र मास प्रशस्त फल्थे ।
दक्षिणी क्षेत्रका बूढीगंगा, त्रिवेणी नगरपालिकाका ब्रह्मतोला, तोली, कुल्देवमाडौं, कैलाशमाडौं लगायतका गाउँहरूमा पाँच वर्ष देखि दलहन बाली हुन छाडेको छ । यसैकारण यहाँका बासिन्दाले दाल खान पनि बजारमा निर्भर हुनुपर्छ । बूढीगंगा–३ का बलबहादुर शाही भन्छन्, ‘लामो समय भयो अब पहाडमा बाली हुन छाडे ।’
शाही आफ्नो विवाहको वर्षतिर घोत्लिँदै थप्छन्, ‘ढुंगामा एक मुठो माटो हुन्थ्यो त्यहाँ पनि गहत दाल फल्थे, हामी छाक टाथ्र्यौं ।’ जलवायु परिवर्तनका कारण दलहन बालीका लागि मौसम अनुकूल हुन छाडेको छ । गाउँमा पानीको पनि हाहाकार हुन थालेको छ । बूढीगंगा–१ अम्कोटका लक्ष्मीराज उपाध्याय भन्छन्, ‘गाउँमा खानेपानी छैन, आकाशे पानीको भर हो वर्षा परेको दिन गाउँ नै बगाउला भन्ने त्रास पनि हुन्छ ।’ पाँच वर्ष अघि सोही गाउँमा पहिरोले ६ जनाको ज्यान लिएको थियो ।
गाउँमा बाली हुन छाडेपछि दैनिक छाकमा समस्या नै हुने गरेको छ । अति विपन्न परिवारले पिठोको फाँडोसँग भात खान्छन् । बूढीगंगा–५ की ५६ वर्षीया कलु देउवा खेततिर देखाउँदै भन्छिन्, ‘आलीभरी भटमास, सिमी, मास, गहत, गुरासलगायतका दालहरू फल्थ्यो र बीचको भागमा धान फल्थ्यो अहिले पैसा हुनेले बजारबाट चाउचाउ, सोयाबिन र देशी दाल किनेर खाने बाध्यता छ ।’
राजधानीबाट





























प्रतिक्रिया