पर्वत
केही दिन यता गर्मी बढे संगै पर्वत जिल्ला अस्पतालमा भाईरलका बिरामी बढ्न थालेका छन् । गर्मीकै कारण भाइरल र ज्वरोका बिरामी उच्च दरमा बढेको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।
अन्य समयमा ४० देखि ५० जना सम्म बिरामी आउने अस्पतालमा विगत एक साता देखि तेब्बरको संख्यामा वृद्धि भएका छन् । त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार केही समय अघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा भाइरलका बिरामी बढेको बताइएको छ । भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको जिल्ला अस्पताल पर्बतका डाक्टर बिनित थापाले बताए ।
उनका अनुसार बालबालिकासँगै वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको हो । पन्ध्र शैयाको क्षमता रहेको अस्पतालमा बिरामीको चाप अझै बढे वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गर्नु पर्ने अबस्था आउने उनले बताए । गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया