काठमाडौँ

आफैंले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’का लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ । "/>

मन्त्रिपरिषद्को निर्णय विपरीत हेलिकोप्टर किन्दै सेना

मन्त्रिपरिषद्को निर्णय विपरीत हेलिकोप्टर किन्दै सेना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आफैंले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’का लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ ।

फ्रान्समा बनेको इक्वेटर हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’ का लागि पाइलट र इन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेको सैनिक स्रोतले जानकारी दिएको छ । ‘हेलिकोप्टर भित्र्याउनु पहिले प्रि–डेलिभर इन्सपेक्सनका लागि सैन्य टोली पेरिस जान लागेको हो’, सैन्य स्रोतले भन्यो। नेपालबाट गएको प्राविधिकसहितको टोलीले जाँच गरेर सहमति जनाएपछि उक्त हेलिकोप्टर ल्याइने सेनाले जनाएको छ । नेपाली सेनाले २५ लाख ६८ हजार तीन सय ७६ युरोमा उक्त हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको हो।

सेनाले विपद व्यवस्थापन क्षमता अभिवृद्धिका लागि लाइट हेलिकोप्टर खरिद गर्न बोलपत्र माग गरेको थियो । ३१ लाख ९० हजार आठ सय ७२ युरो लागत अनुमान स्वीकृत गरी सेनाले बोलपत्र माग गर्दा फ्रान्स र अमेरिकाको हेलिकोप्टर निर्माता कम्पनिले बोलपत्र पेस गरेका थिए । ती मध्ये फ्रान्सको कम्पनीका तर्फबाट सिंगापुरस्थित एक एजेन्टले कम अर्थात २५ लाख ६७ हजार तीन सय ७६ युरो कबोल गरेपछि सेनाले सोही कम्पनीको बोलपत्र स्वीकृत गरेको हो ।

२०७३ असार १६ मा बसेको मन्त्रिपरिषद बैठकले सेनालाई एउटा मध्यम र दुईवटा लाइट हेलिकोप्टर खरिद गर्न स्वीकृति दिएको थियो । त्यसमध्ये दुईवटा लाइट हेलिकोप्टर खरिद गर्ने गरी बोलपत्र आह्वान गरे पनि सेनाले एउटा मात्र इक्वेटर हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको हो । दुईवटा हेलिकोप्टर खरिद गर्ने बोलपत्र माग गरी खरिद प्रक्रियामा गइसकेको अवस्थामा सेनाले पर्याप्त कारण नदिई एउटा मात्र खरिद गर्ने निर्णय गरेको थियो ।
नागरिकबाट

Logo