गोरखा
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटस्थित चिउरीगौडा भन्ने ठाउँमा गए राती १ बजे टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ९५०६ नम्बरको टिपर सडकबाट करिब दुई सय मिटर तल बुढीगण्डकी नदीमा खस्दा चालक नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ५ का २७ वर्षिय सन्तोष सापकोटाको ज्यान गएको हो ।
दुर्घटनामा सह–चालक २१ वर्षिय रबिन्द नेपाल गम्भीर घाईते भएका छन् । ट्राफिक प्रमुख दयाराम पौडेलका अनुसार उनको गजुरीस्थित एक अस्पतालमा उपचार भइरहेको छ । मध्यरातमा भएको दुर्घटनाको कारण भने खुल्न सकेको छैन । अनुसन्धान भईरहेको ट्राफिक प्रहरीले जनाएको छ । उक्त टिपर बेनिघाटबाट दर्बुङ तर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो।
नागरिकबाट





























प्रतिक्रिया