भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ । श्रेष्ठको घरमा शनिबार राति तोडफोड भएको हो ।
राति दुई जनाको समूहमा आएका व्यक्तिले घरको गेट र दोश्रो तल्लाको झ्याल ढोकाहरु तोडफोड गरेको बताइएको छ । दुई हप्ताघि मात्रै मेयर श्रेष्ठलाई एक समुहले आक्रमण गरेका थिए । घाइते श्रेष्ठको अहिले नेपाल कोरिया मैत्री अस्पतालमा उपचार भैरहेको छ ।
नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी मध्यपुर थिमि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणविरुद्ध १५१ सदस्य रहेको सामूहिक नेतृत्व संघर्ष समिति गठन गरेको छ ।





























प्रतिक्रिया