काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले दुई दिने विशेष सुरक्षा योजना तयार पारेको छ । "/>

मोदीको सुरक्षामा पाँच हजार सुरक्षाकर्मी परिचालन हुने

मोदीको सुरक्षामा पाँच हजार सुरक्षाकर्मी परिचालन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले दुई दिने विशेष सुरक्षा योजना तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी २८ गते नेपाल आउँदै छन् । उनको दुई दिने नेपाल भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार पारिएको हो ।

विशिष्ट पाहुनाको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले सुरक्षा योजनाको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताए । भारतीय प्रधानमन्त्री मोदीको वासस्थानका लागि बौद्ध जोरपाटीस्थित होटल हायातलाई छनोट गरिएको छ । वैशाख २८ गते बिहान देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि बौद्धसम्मको सुरक्षामा विशेष निगरानी राखिनेछ ।

बाह्य सुरक्षा, सूचना सङ्कलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिनेछ । भारतीय प्रधानमन्त्री मोदीको सवारी सञ्चालनका क्रममा सर्वसाधारणको सवारी आवागमनमा समेत प्रतबन्ध लगाइने भएको छ ।
गोरखापत्रबाट

Logo