काठमाडौँ

निजी विद्यालय सञ्चालकले संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै मनोमानी शुल्क असुल्दा सरकार मौन बसेको आरोप प्रमुख चार विद्यार्थी संगठन र अभिभावक संघ नेपालले लगाएका छन् । "/>

निजी विद्यालयको शुल्कवृद्धिमा सरकार मौन रहेको आरोप

निजी विद्यालयको शुल्कवृद्धिमा सरकार मौन रहेको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निजी विद्यालय सञ्चालकले संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै मनोमानी शुल्क असुल्दा सरकार मौन बसेको आरोप प्रमुख चार विद्यार्थी संगठन र अभिभावक संघ नेपालले लगाएका छन् । उनीहरले शुल्कवृद्धि फिर्ताको माग राखी आन्दोलन थालेका छन् ।

मागबारे सुनुवाइ नभएपछि विद्यार्थी संगठनले बिहीबार शिक्षा विभाग सानोठिमी र जिल्ला शिक्षा समन्वय एकाइमा तालाबन्दी गरेका छन् । बुधबारै प्याब्सन र एन प्याब्सनका केन्द्रीय तथा जिल्लास्थित कार्यालयमा तालबन्दी गरेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । उनले निजी विद्यालय सञ्चालकले नै शिक्षा मन्त्रालय, विभाग तथा स्थानीय सरकारलाई सञ्चालन गरिरहेकाले सरकारी निकाय चुप लागेर बसिरहेको आरोपसमेत लगाए ।

‘निजी विद्यालयले मनोमानी शुल्क वृद्धि गरिसकेर विद्यार्थीको पढाइ सञ्चालन गरिरहेका छन् । विद्यार्थी र अभिभावक शुल्कवृद्धि फिर्ता गराउन आन्दोलनरत छन् तर सरकारी निकाय मौन छ ,’ उपाध्यक्ष बस्नेतले प्रश्न गरे, ‘सरकारी निकाय शिक्षा मन्त्रालय, विभाग र स्थानीय सरकार किन चुप लागेको ?’

विद्यार्थी संगठनले सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को उल्लंघन गरी निजी विद्यालयले मनपरी शुल्क असुलेको आरोप लगाउँदै आएका छन् । अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छैटौं शुल्कवृद्धि विरुद्ध आन्दोलनमा छन् ।
नागरिकबाट

Logo