काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । "/>

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटक पटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटेर मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । जनताको जीवनसँग जोडिएको तथा सर्वसाधारण, व्यवसायी, उद्योगी, विद्यार्थी लगायत सम्पूर्ण नागरिकको जनजीविकामा प्रत्यक्ष असर पर्ने हुँदा पछिल्लोपटक वृद्धि भएको मूल्य तीन दिन भित्र फिर्ता लिन माग गरिएको हो ।

ज्ञापनपत्रमा मूल्य समायोजन वैज्ञानिक तवरबाट तथा जनतालाई असर नपर्ने गरी हुनुपर्ने, इन्धन आपूर्तिमा एकद्वार प्रणालीको अन्त्य गरी तेस्रो मुलुकबाट पनि आयात गर्न पहल गर्नुपर्ने तथा कालोबजारीलाई कडाइका साथ नियन्त्रण गरी कारबाही गर्न आग्रह गरिएको छ ।
अन्नपूर्णबाट

Logo