काभ्रे

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि प्रणालीको विकासका लागि वैज्ञानिक र आधुनिक कृषि प्रणालीको विकास हुन जरुरी रहेको बताएका छन् । "/>

बनेपामा जारी कृषि मेलाको समापन

बनेपामा जारी कृषि मेलाको समापन

केन्द्रबिन्दु
0
Shares

काभ्रे

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कृषि प्रणालीको विकासका लागि वैज्ञानिक र आधुनिक कृषि प्रणालीको विकास हुन जरुरी रहेको बताएका छन् । काभ्रेको बनेपास्थित कृषि मेला समापन कार्यक्रमलाई मंगलवारसम्बोधन गर्दै उनले भने, “ आधुनिक कृषि प्रणालीको विकासमा सरकारको ध्यान केन्द्रीत छ ।”

राज्यमन्त्री बाँस्कोटाले कृषि बजारको व्यवस्थापन, लगानी र सम्मान अहिले राज्यले लिन खोजेको नीति हो भन्दै जसले कृषिको काम गर्छ उसैले जमिनमा खेती गर्न पाउनुपर्छ बताए । “खोलेको छ फलाम कारखाना, जमिन ओगटेको छ सयौँ रोपनी, अनि कसरी हुन्छ उत्पादन ?” भनी प्रश्न गर्दै उनले राज्यको कृषि नीति समयसापेक्ष हुन नसक्दा उत्पादन घट्दो क्रममा रहेको बताए ।

राज्यमन्त्री बाँस्कोटाले टुक्रे प्रणाली अपनाएकै कारण कृषि क्षेत्र समापन हुन लागेको चर्चा गर्दै कृषकलाई निर्वाहमुखी नभई व्यवसायमुखी बन्न सुझाव दिए । काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि बनेपा, (नयाँ तरकारी बजार) समृद्ध काभ्रे कृषि सहकारी संस्था लि र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयूक्त आयोजनामा चार दिन सम्म सञ्चालित ‘कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला’ मंगलवार समापन भएको हो । सो अवसरमा तरकारीजन्य, दूधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषि सम्बन्धी नयाँ प्रविधिको प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उत्कृष्ट कृषकलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
रासस

Logo