काठमाडौँ
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएसँगै आयल निगमलाई हवाई इन्धन भण्डारण निर्माणको आग्रह गरिएको छ । यसका लागि प्रतिकठ्ठा ३५ लाख रुपैयाँमा जग्गा अधिग्रहणको प्रस्ताव गरिएको छ । नागरिक उडड्यन प्राधिकरणको विमानस्थल सुदृढीकरण कार्य आयोजनाले जग्गा अधिग्रहणको प्रस्ताव निगमले सोही स्थानमा टेन्डर मार्फत खरिद गरेको मूल्य भन्दा महँगो छ ।
निगमले यस टेन्डर मार्फत एक लाख एक हजार एक सय ९३ किलोलिटर क्षमताको इन्धन भण्डारण निर्माणका लागि भैरहवा-परासी सडकखण्डमा जग्गा किनेको थियो । जग्गाको औसत मूल्य १० लाख ९३ हजार प्रतिकठ्ठा छ । जग्गा अधिग्रहण ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्यांकन समितिले मूल्य निर्धारण गरेको हो । आयोजनाले त्यही दरमा विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरेको हो । यसअघि भण्डारण गृह निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता भएको भन्दै छानविन भएको थियो।
निगमले विमानस्थलमा सात देखि १० हजार किलोलिटर क्षमताको हवाई इन्धन डिपो बनाउने योजना बनाएको छ । त्यसका लागि आयोजनाले विमानस्थल नजिकै डिपो निर्माणका लागि निगमलाई सात बिघा जग्गा मूल्यसहित अधिग्रहण गर्न सकिने आशयपत्र दिएको छ । आयोजनाले खेतीयोग्य जग्गाको प्रतिकठ्ठा १२ लाख रुपैयाँ मूल्य प्रस्ताव गरेको छ । आयोजना निर्देशक इन्जिनियर ओमनारायण शर्माले निगमलाई पत्र लेखेका छन् । पत्रमा सात बिघा जग्गा अधिग्रहण गर्न ४९ करोड ६१ लाख रुपैयाँ लाग्ने दररेट प्रस्ताव गरेका हुुन् । घर टहरा, भौतिक संरचना, बोटबिरुवा, फलफूलको बगैंचा र बाँसघारी बाहेक जग्गालाई मात्रै ४२ करोड ५५ लाख ६८ हजार मूल्य निर्धारण गरिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया