काठमाडौँ

ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिना भित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असार सम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए । "/>

धरहराको पुनर्निर्माण दुई महिना भित्रै सुरु गरिने : अब बन्ने धरहरा २२ तलाको रहने

धरहराको पुनर्निर्माण दुई महिना भित्रै सुरु गरिने : अब बन्ने धरहरा २२ तलाको रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिना भित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असार सम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए ।

प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटी समेत तयार भइसकेको उनले बताए । ‘अहिले टेन्डर डकुमेन्ट तयार गर्दैछौँ,’ उनले भने, ‘अबको डेढ साता भित्रै टेन्डर आह्वान गर्ने, जेठ अन्त्य सम्ममा टेन्डर अवार्ड गर्ने र असार भित्रै शिलान्यास गर्ने कार्ययोजना छ ।’

डिपिआर अनुसार धरहराको कुल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ । प्राधिकरणका अनुसार धरहरा र परिसरको कुल क्षेत्रफल २४ रोपनी हुनेछ । भूकम्पले भत्काएको धरहरालाई सिसाले छोपेर राखिनेछ भने भत्किएको धरहरासँगै नयाँ धराहरा निर्माण हुनेछ । नयाँ निर्माण हुने धरहरा ६९.२ मिटर अग्लो हुनेछ  । त्यस माथि १२ मिटरको गुम्बज निर्माण गरिने प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । धरहरा निर्माणका लागि सुन्धारास्थित हुलाक कार्यालय भत्काइनेछ । उक्त स्थानमा दुई तलाको बेसमेन्ट पार्किङ निर्माण हुनेछ । धरहराको पुनर्निर्माण आगामी २ वर्ष भित्र सम्पन्न भइसक्नेछ । २२ तलाको धरहरामा २२ तला सम्म नै लिफ्ट जान्छ ।
नयाँ पत्रिकाबाट

Logo