रसुवा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन् । "/>

विप्लव माओवादीका रसुवा जिल्ला संयोजक पक्राउ

विप्लव माओवादीका रसुवा जिल्ला संयोजक पक्राउ

केन्द्रबिन्दु
0
Shares

रसुवा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन् । जिल्लामा रहेका जलविद्युत आयोजनामा चन्दा संकलनका लागि धम्की दिने गरेको गुनासोको आधारमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरक्षक धुर्व सिलवालले बताए । ३० वर्षिय तामाङ जिल्लाको आमाछोदिङमो गाउँपालिका–४ गोल्जुङमा बस्दै आएका छन् ।

विप्लव समूहले अवाच्छित गतिविधि गर्न सक्ने सम्भाव्यतालाई दृष्टिगत गरि आवश्यकता अनुसार नियन्त्रणमा लिन गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशन अनुसार उनलाई पक्राउ गरिएको र विप्लव समुहमा आबद्ध कार्यकर्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । नेकपाले मंगलबार साँझ विज्ञप्ति जारी गरी पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहाई गर्नु पर्ने माग गरेको छ ।
नागरिकबाट

Logo