काठमाडौँ
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पार्टी बैठकमा पेस गर्ने राजनीतिक दस्तावेज लेखनमा लागेका छन् । केही दिन यता दौडधुप बन्द गरेर उनी दस्तावेज लेखनमा लागेका हुन् ।
पार्टी केन्द्रीय सचिवालय बैठकमा दाहालले पार्टी एकताका सन्दर्भमा दस्तावेज प्रस्तुत गर्नेछन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निर्णायक वार्तामा बस्नु अघि दाहालले पार्टी सचिवालय बैठक बोलाउने तयारी समेत गरेका छन् ।
यसका लागि उनले वैशाख १९ गते सचिवालय बैठक बोलाउने तयारी गरिरहेका छन् । पार्टी बैठकको तयारीका लागि उनले सोमबार मात्र अलग अलग रूपमा पार्टी नेताहरू रामबहादुर थापा, जनार्दन शर्मा, हरिबोल गजुरेल लगायतसँग छलफल गरेका छन् ।
दाहाललाई एकता अघि पार्टीले सञ्चालन गरेको १० बर्से ‘जनयुद्ध’ बारे एकीकृत पार्टीको दस्तावेज देखि अन्तरिम विधानको प्रस्तावना सम्ममा प्रष्ट शब्दमा लेखिनु पर्ने र संगठन निर्माण गर्दा सम्मानजनक समानता र न्यायोचित आधारमा सहभागिताको मापदण्ड बनाउनु पर्नेमा नेताहरूले जोड दिँदै आएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया