काठमाडौँ

एमाले र माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ‘ठप्पप्रायः भएको छ । "/>

एमाले र माओवादीका आन्तरिक कामहरु ठप्प !

एमाले र माओवादीका आन्तरिक कामहरु ठप्प !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एमाले र माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ‘ठप्पप्रायः भएको छ । पार्टी सदस्यता नवीकरण बाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन् । पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भएको दुवै पार्टीका नेताले बताएका छन् । असोज १७ मा चुनावी तालमेल गर्दै चुनाव लगत्तै पार्टी एकता गर्ने एमालेमाओवादीले घोषणा गरे यता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको हो ।

दुवैले अहिले पार्टीका कुनै औपचारिक कार्यक्रम बनाएका छैनन् । अहिले दुवै पार्टीसँग संगठन मजबुत बनाउने, जनतासँग जोडिने जनमुखी कार्यक्रम र राजनीतिक अभियान निर्माण गर्ने लगायत कुनै पनि औपचारिक कार्यक्रम छैनन् । पार्टी जीवनसँग जोडिने कुनै विशेष अवसरमा कम्युनिस्ट पार्टीका संयुक्त कार्यक्रम बनाउने बाहेक अहिले कुनै पनि औपचारिक कार्यक्रम एमालेमाओवादीले प्राथमिकतामै राखेका छैनन् । तर कुनै पार्टी विशेषका नेताकार्यकर्ताले पार्टी प्रवेश गर्न चाहे सामान्य कार्यक्रम गरी प्रवेश गराउने काम मात्र हुँदै आएका छन् ।

सबैजसो कार्यक्रम ठप्पप्रायः नै भएको एमाले माओवादी नेता स्विकार्छन् । एमाले प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराई केन्द्रीय सर्कुलरकै आधारमा अहिले एमालेले सदस्यता नवीकरणबाहेक अन्य काम स्थगन गरेको बताउँछन् । ‘एमालेका अहिले धमाधम जिल्ला अधिवेशन, जनसंगठनका अधिवेशन गर्ने समय थियो तर सबै स्थगित गर्न केन्द्रीय सर्कुलर भएकाले रोकिएका छन् , उनले भने, ‘सदस्यता नवीकरण बाहेक अन्य आन्तरिक काम सुस्ताएको छ ।
अन्नपूर्णबाट

Logo