विराटनगर

३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ । "/>

३३ केजी सुन प्रकरण नयाँ मोडमाः शव लुकाउन २ करोडको बार्गेनिङ !

३३ केजी सुन प्रकरण नयाँ मोडमाः शव लुकाउन २ करोडको बार्गेनिङ !

केन्द्रबिन्दु
0
Shares

विराटनगर

३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ३ दिनको म्याद थप गरिएको हो ।

स्रोतका अनुसार केसीले सनमको शव बेपत्ता पारिदिने भन्दै २ करोडमा बार्गेनिङ गरेका थिए । अनुसन्धानका लागि केसीलाई शुक्रबार जिप्रका मोरङ ल्याइएको थियो । डीएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यको शव मोरङमा बरामद गरेको थियो । सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

मोरङ प्रहरीको हिरासतमा २८ जना रहेका छन्, जसमा ६ जना प्रहरी अधिकारी छन् । पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, आइतबार म्याद थप भएका केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन् । ६ जना नै निलम्बित भइसकेका छन् । प्रहरीले अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरेको छ । एसएसपी खत्री भने अझै फरार छन् । सुन तस्करीको गिरोहलाई उनका चालकले समेत सहयोग गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो।

एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन् । नेपाल प्रहरीको प्रधान कार्यालयमा कार्यरत उनी दुई साता देखि कार्यालय समेत गएका छैनन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।

सुन तस्करी र शाक्य हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । संगठित अपराध मुद्दामा ६० दिन भित्र अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गरिसक्नु पर्ने हुन्छ । त्यस अनुसार वैशाख १९ गते मुद्दा दर्ता हुने भएको छ । त्रिभुवन विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती नेतृत्वको समूहले शाक्यलाई करेन्ट लगाएर फागुन १८ मा हत्या गरेको थियो । मुख्य अभियुक्त गोरे भनिने उप्रेती भने फरार छन् ।
नेपाल समाचारपत्रबाट

Logo