काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख भित्रै एकता हुने भएको छ । अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व हुनेगरी यही महिना भित्र एकता हुने माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । "/>

एमाले–माओवादी एकता वैशाख भित्रै : देवेन्द्र पौडेल

एमाले–माओवादी एकता वैशाख भित्रै : देवेन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख भित्रै एकता हुने भएको छ । अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व हुनेगरी यही महिना भित्र एकता हुने माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता पौडेलले भने, ‘पार्टी एकता हुन्छ, म ढुक्क हुन सबैलाई आग्रह गर्छु, पार्टी एकता त जनताले अनुमोदन गरिसकेका छन्, अब यसबाट दायाँबायाँ हुने नैतिक धरातल केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड दुवैलाई छैन, एकताबाट भाग्ने छुट छैन ।’

उनले एकता महाधिवेशन नहुञ्जेल अध्यक्ष, प्रधानमन्त्री देखि सबैमा आलोपालो नेतृत्व हुने बताए । अध्यक्ष देखि प्रधानमन्त्री मात्रै नभएर सबै कुरामा नेतृत्व आलोपालो हुने पौडेलको भनाई थियो ।

नेकपा एमालेका नेतालाई बहुदलीय जनवादको माया लाग्नु स्वाभाविक भएपनि जनताद्धारा चलाइएको जनयुद्धलाई पनि एमालेका साथीहरुले माया गर्ने उनको विश्वास थियो । एकता प्रक्रिया अब छिट्टै टुंगिने बताउँदै ढिलाइ हुनुमा दुवै दलका समिति समायोजन गर्ने र शीर्ष नेताहरुको व्यवस्थापन गर्न केही समय लागेकोले ढिलाइ भइरहेको उनले जनाए ।
नागरिकबाट

Logo