काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मका प्रणेता गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् । "/>

गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न प्रधानमन्त्रीको आग्रह

गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न प्रधानमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मका प्रणेता गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् । २५६२ औँ बुद्ध जयन्तीका अवसरमा बुद्धजयन्ती समारोह समिति, आनन्दकुटी विहार स्वयम्भूद्वारा सोमबार आयोजित सार्वजनिक बौद्धसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कतिपय देशका विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको छ, त्यसो गर्नु राम्रो होइन, सच्याउनुपर्छ ।”

उनले भने, आज पनि गौतमबुद्धका विचार, शिक्षा र उपदेशको उत्तिकै महत्व छ, उत्तिकै उपयोगी छ । अर्को प्रसङ्गमा उनले धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायत सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा तर बलियो ढंगबाट जतिसक्दो चाँडो निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिए । समारोह समितिका महासचिव संघरत्न शाक्यले बुद्ध शिक्षाबारे विद्यालयस्तरको पाठ्यपुस्तकमा नै समावेश गर्नु पर्नेमा जोड दिए ।
रासस

Skip This
Skip This
Logo