धादिङ

भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्य दक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन् । "/>

खुला आकाश मुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

खुला आकाश मुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

केन्द्रबिन्दु
0
Shares

धादिङ

भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्य दक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन् । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन् । घामपानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थी नयाँ भवनमा सर्न पाएपछि उत्साहित भएका छन् ।

२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले विद्यालय भत्काएपछि उनीहरू खुला आकाश मुनि पढ्दै आइरहेका थिए । सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्यन्त्र जाने गथ्र्यो । अहिले बनेको बालमैत्री भवनले पढाइमा समेत सुधार आउने शिक्षकहरु बताउँछन् । उनका अनुसार सीतामाईमा ४४ जना र महादेवस्थानमा ७७ जना भर्ना भएका छन् ।

विद्यालय भवन निर्माणपछि पठन पाठनमा सहजता आएको महादेवस्थान आधारभूत विद्यालयका प्रधानाध्यापक सीमा रावतले बताइन् । ‘भूकम्पले विद्यालय भवन भत्किएपछि सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्ने अवस्था थियो’ उनले भनिन्, ‘भवन निर्माणसँगै शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छाएको छ ।’ उनका अनुसार भवन नहुँदा कतिपय बालबालिका विद्यालय आउन समेत छाडिसेका थिए ।
नागरिकबाट

Logo