काठमाडौँ,

सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ । "/>

फेवातालको अतिक्रमणबारे जाँचबुझ समिति गठन गर्न सर्वोच्चको आदेश

फेवातालको अतिक्रमणबारे जाँचबुझ समिति गठन गर्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आज फेवातालमा अतिक्रमण गरिएका बारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारका नाममा आदेश दिएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

उनका अनुसार आदेशमा पार्कभिलेज होटेल बनाएको फेवाताल अतिक्रमण गरेको छ कि छैन र होटलबाट निस्किएका फोहोरले फेवाताललाई प्रदूषण गरेको छ कि छैन भनेर अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न सरकारलाई भनिएको छ । जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय र वन तथा वातावरण मन्त्रालयको समिति गठन गर्न आदेशमा भनिएको छ । सोही आदेशमा फेवाताल अतिक्रमण गरिएका संरचना समेत हटाउन भनिएको छ । सहप्रवक्ता कालाखेतीले समितिलाई यथाशीघ्र प्रतिवदेन बुझाउने समेत आग्रह गरिएको छ ।

०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीले पार्कभिलेज होटेलले फेवाताल अतिक्रमण गरी भवन बनाएको भन्दै उक्त होटेलको दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । यस्तै फेवाताल सम्बन्धी भगवती पहारीद्वारा दायर भएको रिटमा न्यायाधीश मिश्र र मल्लको संयुक्त इजलासले आज सुनवाइ गर्दै फेवाताल क्षेत्र नजिक केवुलकार सञ्चालन नगर्न आदेश दिएको छ ।
रासस

 

Logo