लुम्बिनी

बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलार्इ विश्व शान्ति र बौद्ध दर्शनको मुहानको रुपमा चिनाउने उदेश्यले लुम्बिनीमा शनिबार देखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । "/>

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन शनिबारदेखि सुरु

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन शनिबारदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी

बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलार्इ विश्व शान्ति र बौद्ध दर्शनको मुहानको रुपमा चिनाउने उदेश्यले लुम्बिनीमा शनिबार देखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ ।

सम्मेलनको शनिबार एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री अधिकारीले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र तथा अन्तराष्ट्रिय तीर्थ स्थलका रुपमा विकास गर्न नेपाल सरकारले लुम्बिनी गुरुयोजना अन्तर्गत रहेर व्यवस्थित तवरले उचित योजनाहरु संचालन गरीरहेको बताए । मन्त्री अधिकारीले झण्डै ४० बर्ष देखि पुरा हुन नसकेको लुम्बिनी गुरु योजना अवको दुई बर्ष भित्रै पुरा गरी पर्यटन प्रर्बद्धनका थप कार्यक्रम संचालन गरीने बताए ।

बुद्ध धर्म तथा दर्शन विश्वमा शान्ति छर्दै दया करुणा र विश्व बन्धुत्वको भाव जगाउने माध्यम भएकाले बौद्ध सम्मेलनले यसको महत्वलाई विश्वभर फैलाउँदै पर्यटन प्रवर्दनमा महत्वपुर्ण भुमीका खेल्ने बताए । सम्मेलनमा २३ देशका बौद्धगुरु, प्रोफेसर,अध्ययता तथा भिक्षुहरुको सहभागीता छ । दुर्इ दिने सम्मेलनमा स्वदेशी र विदेशी गरी ३१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, बिश्व बौद्ध सम्पदा र बौद्ध शिक्षा र संस्कृतिको बिषयमा तयार पारिएका कार्यपत्रहरु प्रस्तुत गरिदै छ ।
नागरिकबाट

Logo