काठमाडौं
नेपाली काँग्रेसले पार्टीका महत्वपूर्ण निर्णय लिन शनिबार पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यका अनौपचारिक बैठक बस्यो । छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषय लगायतमा सर्वसहमति खोज्ने प्रयास भएको थियो ।
आज बिहान ९ बजे बस्ने बैठकमा महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ । उक्त प्रस्ताव माथि छलफल भई पारित हुने बताइएको छ । साथै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिइ गत चैत ९ गते देखि जारी बैठक समापन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रासस





























प्रतिक्रिया