विराटनगर

सुनसरी र मोरङमा शनिबार दिउँसो वर्षासँगै चटयाङ परेपछि एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । "/>

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

विराटनगर

सुनसरी र मोरङमा शनिबार दिउँसो वर्षासँगै चटयाङ परेपछि एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सुनसरीको दुहवी–११ का १८ वर्षीय रोशनकुमार ऋषिदेव आफ्ना साथीसँग पिपलको रुखमुनि बसिरहेको समयमा चटयाङ परेपछि उनको घटनास्थलमै मृत्यु भएको १ नं– प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । उनका साथी २५ वर्षीय मिठू मण्डल गम्भीर घाइते भएका छन् । उनको नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै विराटनगर–१४ को जतुवाकी रुक्मिणि यादव, उनकी छोरी १६ वर्षीया भुकली र छिमेकी २६ वर्षीया भुल्टेन यादव चटयाङबाट घाइते भएका छन् । उनीहरुको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
रासस

Logo