काठमाडौं

सरकारले संघीय संसद अधिवेशन २३ वैशाखमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । "/>

संघीय संसद अधिवेशन २३ वैशाखलाई सिफारिस

संघीय संसद अधिवेशन २३ वैशाखलाई सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले संघीय संसद अधिवेशन २३ वैशाखमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले सरकारले सिफारिस गरेको मितिमा ४ बजे संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । राष्ट्रपतिले उक्त मितिमा आह्वान गरे पछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशन सुरु हुनेछ ।

मन्त्रिपरिषद बैठकले आन्तरिक शान्ति तथा सुव्यवस्था सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ । गृह विधेयकलाई सैद्धान्तिक स्वीकृति पनि दिइएको राज्यमन्त्री बाँस्कोटाले बताए ।

सरकारले भारत सरकारको सहयोगमा वीरगन्जमा निर्माण भई सरकारलाई हस्तान्तरण गरिएको एकीकृत भन्सार जाँच चौकीको क्षेत्र निर्धारण सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त रहेको सदस्य पदमा सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।
राजधानीबाट

 

Logo