वीरगन्ज

वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा शुल्क वृद्धि गरिएको विरोधमा प्रदर्शन गरिएको छ । "/>

अस्पतालमा गरिएको शुल्कवृद्धिको विरोधमा सामाजिक अभियन्ताहरु

अस्पतालमा गरिएको शुल्कवृद्धिको विरोधमा सामाजिक अभियन्ताहरु

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा शुल्क वृद्धि गरिएको विरोधमा प्रदर्शन गरिएको छ । अस्पताल विकास सहयोग अभियानको आहृवानमा अस्पताल अगाडि १ घण्टा विरोध प्रदर्शन गरिएको हो । गरीबहरुले उपचार गर्ने अस्पतालमा चर्को शुल्क वृद्धि गरेर निजी अस्पतालको भन्दा महंगो सेवा बनाएको भन्दै वीरगन्जका युवा तथा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ११ बजे देखि १२ बजे सम्म नारायणी उपक्षेत्रीय अस्पतालको मुख्य गेट बाहिर विभिन्न नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरे ।

नारायणी उपक्षेत्रीय अस्पतालमा भएको शुल्क वृद्धि, भ्रष्टाचार, अनियमितता, बेथितिको विरुद्धमा प्रदर्शन गरिएको अभियानका संयोजक ओमप्रकाश सर्राफले बताए । त्यसरी नै मदन गुप्ताले पैसा भएकाहरु जहाँ गएर पनि उपचार लिन सक्ने बताउँदै गरीबहरुको उपचार निशुल्क हुनु पर्नेमा शुल्क वृद्धि गरेर अस्पतालले लापरबाही गरिरहेको बताए ।

प्रर्दशनकारीले गरीबको ढाड सेक्न पाइदैन, सरकारी अस्पताललाई व्यापारिक केन्द्र बनाउन पाइदैन, अनियमितता र वेथिती बन्द गर, शुल्क वृद्धि फिर्ता गर लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले भने अस्पतालको आय स्रोत बढाउन आवश्यक शुल्कवृद्धि गरिएको बताएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo