काठमाडौँ
मनमोहन स्मृति दिवस कार्यक्रममा बोल्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वैशाख ९ गते कम्युनिस्ट एकताका दिन राष्ट्रिय सभामा व्यानर च्यात्ने कामलाई केटाकेटीपनको संज्ञा दिएका छन् ।
कम्युनिस्ट एकता दिवसमा केटाकेटीहरुले नबुझेर ब्यानर च्याते । हामीले पनि उनीहरुलाई बुझाउन सकेनौँ, ओलीले भने, कम्युनिस्ट नेता तस्बिर सहितको ब्यानर च्यात्नु केटाकेटीपन हो, यसमा हाम्रो पनि कमजोरी रह्यो ।
मञ्चको ब्यानर च्यात्नेहरु प्रति कटाक्ष गर्दै ओलीले पञ्चायतका बेलाको कम्युनिस्ट राजनीतिको स्मरण गराए । प्रम ओलीले वामपन्थी पार्टीलाई एकै ठाउँ ल्याउने मनमोहन अधिकारीको सपना अब पुरा हुन लागेको दाबी गरे । एमाले र माओवादी केन्द्रबीच एकताको घोषणा छिट्टै हुन्छ, उनले भने, यसो हुन सकेमा एउटै कम्युनिस्ट देख्ने मनमोहनको सपना पनि पुरा हुन्छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया