कैलाली

धनगढी, ‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्लाको समृद्ध विकासको मूल आधार’ भन्ने नाराका साथ कैलाली भ्रमण वर्ष २०७५ विविध कार्यक्रमका साथ मनाइने भएको छ । "/>

कैलाली भ्रमण वर्षको तयारी शुरु

कैलाली भ्रमण वर्षको तयारी शुरु

केन्द्रबिन्दु
0
Shares

कैलाली

धनगढी, ‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्लाको समृद्ध विकासको मूल आधार’ भन्ने नाराका साथ कैलाली भ्रमण वर्ष २०७५ विविध कार्यक्रमका साथ मनाइने भएको छ । कैलाली भ्रमण वर्ष २०७५ को जिल्लाको चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको भ्रमण वर्ष मूल समारोह समितिको सचिवालय कैलालीले जनाएको छ ।

जिल्लाको पूर्वी सीमा नदी कर्णालीको छेउमा रहेको चिसापानी पर्यटनका लागि आकर्षक गन्तव्यस्थलका रुपमा चिनिन्छ । चिसापानीको कर्णाली नदीमा बनेको दक्षिण एशियाकै नमूनाको पुल ‘स्टेट केबुल ब्रिज’ आकर्षक छ । कर्णाली नदीमा हुने ¥याफ्टिङ (जलयात्रा) अरु ठाउँका नदीमा हुने ¥याफ्टिङको तुलनामा निकै रोमाञ्चकारी देखिन्छ । नदीमा ¥याफ्टिङ गरेर चिसापानी देखि झण्डै १० किलोमिटर दक्षिणतर्फको टीकापुर छेउको कर्णाली नदीको भागसम्म जलयात्रा गर्न सकिन्छ ।

डल्फिनको दृष्यावलोकनका लागि समेत कैलाली जिल्ला चर्चित छ । काँडा, कान्द्रा, मोहना, पथरैया नदीमा पानी सतह बढेका बेला डल्फिन सजिलै देख्न सकिन्छ । मानिस पछिको दोस्रो बुद्धिमान प्राणी डल्फिनलाई नदी छेउमा निर्माण भएका ‘टावर‘ मार्फत वर्षायाममा सजिलैसँग अवलोकन गर्न सकिन्छ । भ्रमण वर्षका क्रममा टीकापुरमा सांस्कृतिक ¥याली, जिल्लाका प्रसिद्ध धार्मिक स्थल बर्दगोरिया, गोदावरी धाम, शिवपुरी धामका साथै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालको अवलोकन गर्ने गराउने लगायतका कार्यक्रम गरिने जनाइएको छ ।
नेपाल समाचारपत्रबाट

Logo