ललितपुर
रातो मच्छिन्द्रनाथको रथलाई मंगलबार तानेर लगनखेल पु¥याइएको छ । सोमबार सुन्धाराबाट हिँडाएर ठैनामा रथलाई अड्याइएको थियो । सुन्धाराको जात्रा सकाएर अष्ठमीका दिन लगनखेलका लागि रथ हिँडाउने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए ।
कुनै वर्षमा रथ लगनखेल नै पु¥याइन्छ भने कुनै वर्षमा बीचमा अड्याइन्छ । लगनखेलमा रथ पु¥याएपछि रथलाई मच्छिन्द्रनाथको आमाको मन्दिर घुमाइन्छ । मच्छिन्द्रनाथको लगनखेल सम्मको यात्रालाई पाताल लोकको भ्रमणतुल्य हुन्छ । उनी भन्छन्, ‘परम्परागत रुपमा ललितपुरवासीले रथ तान्दै आएका थिए ।’ मच्छिन्द्रनाथलाई पाटन ल्याउने मध्येका एक कृषक रथ चक्रको स्मरणमा यो रथ यात्रा हुँदै आएको छ । लगनखेलको मूल जात्रा सकिएको भोलिपल्ट याक मिसा भूया (एकल महिलाको जात्रा) हुन्छ ।
रथलाई इटिटोलमा पुगेपछि दोस्रो चरणको साइत हेर्ने परम्परा छ । इटिटोलमा रहेको देवतालाई जावलाखेल पु¥याउने साइत ‘जोशी’ हरूले हेर्छन् । देवतालाई जावलाखेल पु¥याएको चार दिन पछि भोटो जात्रा देखाइन्छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको तयारीमा विभिन्न जात र गुठी संस्थान ललितपुर ६ महिना पहिले देखि लाग्छन् । मच्छिन्द्रनाथलाई सहकालको देवता पनि मानिन्छ ।
रासस





























प्रतिक्रिया