नेपाली कांग्रेसको काठमाण्डौ जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् । नेताहरुले उनको कार्यशैलीप्रति तिब्र असन्तुष्ठी जाहेर गरेका हुन् । "/>

गगन थापाले कार्यकर्तालाई किन अपराधी भने ? (भिडियो सहित)

गगन थापाले कार्यकर्तालाई किन अपराधी भने ? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको काठमाण्डौ जिल्ला भेलामा महामन्त्री सहितका नेताहरु सभापति शेर बहादुर देउवा माथि खनिएका छन् । नेताहरुले उनको कार्यशैलीप्रति तिब्र असन्तुष्ठी जाहेर गरेका हुन् ।

कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गरे ।

महामन्त्री शशांक कोइरालाले गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का गरेर अघि बढाउन सभापतिलाई सुझाव दिए ।

पार्टीले लामो इतिहास बोकेको र विचारका दृष्टिले पनि शसक्त रहेको भन्दै उहाँले इतिहास, विचार र कार्यकर्ता एकसाथ लिई अघि बढ्न आग्रह गरे । उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि आफु क्याटलिष्टको रुपमा काम गर्न तयार रहेको बताए ।

नेता प्रकाशमान सिंहले पार्टी भित्र गुट उपगुटको राजनीति मौलाएको र सभापतिले गर्ने मनोमानी निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको दाबी गरे ।

केन्द्रीय सदस्य गगन थापाले कांग्रेस भएर पनि कांग्रेसको उम्मेद्वबार मन परेन भनी चुनाव चिन्ह रुखमा भोट नहालेर गद्धार गर्ने कांग्रेसी नभई अपराधी भएको टिप्पणी गरे । उनले संविधान कार्यान्वयन गराउने सवालमा निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीति जिते पनि चुनावमा हार व्यहोर्नुपरेको बताए । यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पक्तिले लिनुपर्ने बताए ।

भेलामा बरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए ।

Logo