काठमाडौँ
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्त सम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने दाबी गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालले ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनर्निर्माण प्रगतिको तस्बिर प्रर्दशनीमा कार्यकारी निर्देशक भुसालले विद्यालय र स्वास्थ्यचौकी निर्माणको आधा भन्दा बढी काम सकिएको बताए ।
उनले भने,‘ भूकम्पपछि उद्धार, पुनःस्थापन, पुनर्निर्माणमा विदेशी निकायको सहयोग प्रशंसायोग्य छ, हामीले प्राधिकरण स्थापनाको आधा अवधि सकिँदा निजी १ लाख १७ हजार आवास बनिसकेको छ ।’
चार लाख ३० हजार भन्दा बढी घर बन्दै गरेकाले अगामी वर्षमा सबै निजी आवास निर्माण गरिसक्ने जानकारी दिए ।प्राधिकरणले ३ हजार ७ सय विद्यालय बनिसकेको, १ हजार १ सय बनिरहेको, बाँकी अर्को वर्ष सुरु हुने सहित आधा भन्दा बढी अस्पताल र स्वास्थ्य संस्था बनिसकेको जनाएको छ । कार्यकारी निर्देशक भुसालले यसै वर्ष धरहरा शिलान्यास हुने, रानीपोखरी र बालगोपालेश्वर मन्दिर यसै वर्ष निर्माण भइसक्ने, तथा काष्ठमण्डपको निर्माण आगामी वर्ष शुरु हुने जानकारी दिए ।
विदेशी सहयोग सहित १ खर्ब ४५ अर्ब खर्च भएकामा आधा खर्च नेपाल सरकारले व्यहोरेको बताइएको छ । जाइकाले ०७२ सालको भूकम्पपछि नेपालका विभिन्न जिल्लामा पुनर्निर्माणका कार्यको प्रगति समेटिएका २६ तस्बिर प्रदर्शनीमा राखेको छ ।
राजधानीबाट





























प्रतिक्रिया