बिहिबार राती राजधानीबाट पक्राउ परेका दीपक मनाङे जेल चलन भएका छन् । उनलाई आज जिल्ला अदालत उपस्थित गराइएको थियो । अदालतले उनलाई सदरखोर डिल्लीबजार चलान गर्न आदेश दिएको हो ।
काठमाडौँ जिल्ला अदालत तहशील शाखाको पत्राचार अनुसार अब थप तीन वर्ष कैद बस्नु पर्नेछ। पाँच वर्षमध्ये दुई वर्ष कैद यसअघि नै भुक्तान भइसकेको छ।
ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका उनलाई ५ वर्ष जेल सजाय गर्न सर्वोच्चले आदेश दिएको थियो । त्यसलगतै उनी फरार थिए । भारतमा बस्दै आएका उनी नेपाल आएको थाहा पाएपछि प्रहरीले उनलाई पिछा गर्दै बिहिबार पक्राउ गरेका थिए । मनांगे मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
०६१ सालमा चक्रे मिलनमाथि कुटपिट गरेको मुद्दामा मनाङेसहित गणेश लामा, उमेश लामा पनि जोडिएका थिए । मत माघमा गणेश लामा लगायतले भने सर्वोच्चबाट सफाइ पाएका थिए। तर गौशालाबाट पेस्तोलसहित पक्राउ परेपछि गणेश लामा पनि अहिले डिल्लीबजार कारागारमै छन् ।





























प्रतिक्रिया