आन्तरिक उडान सुचारु, अन्तर्राष्ट्रिय उडान अझै समय लाग्ने

आन्तरिक उडान सुचारु, अन्तर्राष्ट्रिय उडान अझै समय लाग्ने

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुचारु भएको छ । बिहीबार राति मलेसियाको मालिन्दो जहाज उडानका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि सबै उडान र अवतरण अबरुद्ध भएको थियो ।

जहाजको आन्तरिक उडान सुचारु भए पनि अन्तर्राष्ट्रिय उडानको लागि भने अझै केहीसमय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले दिएको जानकारी अनुसार १२ बजे सम्ममा सबै उडान अवतरण सुचारु गर्ने प्रयास भैरहेको छ ।

विमानस्थल अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाएका छन् । बाहिरबाट आएका विमानलाई उतै फर्काइएको छ । उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिप्लिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसे मैदान पुगे पनि ठूलो दुर्घटनाबाट भने जोगिएको छ ।

 

फोटो: विकास कार्कीको फेसबुकवाट

Logo