काठमाडौँ

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई परिचालित होइन स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् । "/>

अब परिचालित होइन स्वचालित हुनुस् : गृहमन्त्री

अब परिचालित होइन स्वचालित हुनुस् : गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई परिचालित होइन स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा दोस्रो चौमासिक समीक्षा तथा गृह मन्त्रालयस्तरीय समस्या समाधान समितिको हिजोको बैठकमा गृहमन्त्री थापाले भने, “ निर्देशन पछि केही दिन स्वःफूर्त रुपमा कामका लागि परिचालित हुने फेरि निष्क्रिय हुने अहिलेको परिपाटि देखियो । अब परिचालित होइन, सधैँ सक्रिय भएर आफैँ स्वचालित भइराख्नुहोस् ।”

उनले कर्मचारीसँग कार्यसम्पादन करार गरेर सोही अनुसार काम गरे नगरेको आधारमा मूल्यांकन गर्ने पद्धतिको विकास गर्न लागिएको जानकारी दिए । उनले मन्त्रालयको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिबद्ध भएर काम गर्न निर्देशन दिए ।

थापाले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिइने स्ष्पट पारे । उनले मन्त्रायलय अन्तर्गतका निकायको पूँजीगत खर्च बढाउनका लागि आवश्यक गृहकार्य गर्न पनि निर्देशन दिए । बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग र प्रहरी किताबखानाको चालु आवका २०७४/७५ को दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
रासस

Logo