काठमाडौँ
त्रिभुवन विमानस्थलमा एउटा जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।
उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको मालिन्दो एयरको अगाडिको जहाजको टायरमा समस्या आएपछि चिप्लिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसे मैदानतर्फ पुगे पनि ठुलो दुर्घटना भने टरेको छ । उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।
घाँसे मैदानमा पुगेको जहाजको अगाडिको भाग भासिएको छ । घटनापछि त्यहाँ एम्बुलेन्स, अग्निनियण्त्रक र सुरक्षाकर्मी सहितको ठुलो टोली उद्दारका लागि पुगेको थियो । उद्दारका लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका छन् । त्रिभुवन विमानस्थल प्रशासनले जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेका जनाएको छ । मालिन्डोको जहाज धावनमार्गमा जोतिएपछि त्रिभुवन विमानस्थल प्रशासनले उड्ने र अवतरणको तयारीमा रहेका सबै उडानलाई होल्ड गरेको छ । धावनमार्ग नजिकै भासिएको मालिन्दोको जहाजलाई हटाएपछि मात्रै उडान भर्ने तयारी विमानस्थल प्रशासनले गरेको छ । त्यहीकारण मध्यराति हुने धेरै उडानहरु रोकिएका हुन् । अन्नपूर्णबाट
तस्बिर – विकास कार्कीको फेसबुकवाट





























प्रतिक्रिया