नेपालगन्ज

नेपालगन्जको फुलटेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई एक अर्ब बढीको सम्पत्ति दान गर्ने श्रीजंग शाहलाई नागरिक अभिनन्दन गरिएको छ । "/>

एक अर्ब बढीको सम्पत्ति आँखा अस्पताललाई दान गर्ने शाहलाई अभिनन्दन

एक अर्ब बढीको सम्पत्ति आँखा अस्पताललाई दान गर्ने शाहलाई अभिनन्दन

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

नेपालगन्जको फुलटेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई एक अर्ब बढीको सम्पत्ति दान गर्ने श्रीजंग शाहलाई नागरिक अभिनन्दन गरिएको छ । शाहलाई बुधबार बिहान रथारोहण सहित बजार परिक्रमा समेत गराइएको थियो । स्थानीय होटल स्नेहबाट नेपाल प्रहरीको ब्याण्ड बाजा सहित सुरु भएको अभिनन्दन रथ यात्रा विपी चोक, धम्बोझी चोक हुदै फुलटेक्रास्थित आँखा अस्पताल परिसरमा पुगेको थियो। यात्रामा नागरिक समाज, चिकित्सक, स्वास्थ्यकर्मी, वकिल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो।

आँखा अस्पतालका प्रबन्धक डा. कौशलकुमार बर्माका अनुसार ९३ वर्षीय श्रीजंग शाह र पत्नी ९० वर्षीया रुद्रकुमारी शाहले काठमाडौं, कान्तिपथमा रहेको दुईतले घर र तीन रोपनी तीन आना जग्गा नेपालगन्जको अस्पताललाई दिएका हुन् । विगत ३० वर्ष देखि शाह आँखा अस्पतालका संरक्षकको रुपमा रहेको बर्माले बताए । शाहले केही समय अघि मात्र पत्नी रुद्रकुमारीको सहमतिमा मरणोपरान्त अस्पतालका नाममा जग्गा दान गरेका थिए ।

शाहका बुवाआमा उक्त अस्पतालका संस्थापक हुन् । बुवा फत्तेजंग शाह र आमा बालदिव्येश्वरी शाहले तीन दशक अघि फुल्टेक्रामा रहेको आफ्नो घर र एक बिघा जग्गा अस्पताललाई दान गरेका थिए । उनीहरूकै नाममा आँखा अस्पतालको नामकरण गरिएको छ ।
नागरिकबाट

Logo