मकवानपुर

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी विद्यार्थी भर्ना राष्ट्रिय अभियान शुरु गरेका छन् । "/>

प्रदेश नं. ३ का मुख्यमन्त्री पौडेल दुई बालबालिकाका अभिभावक

प्रदेश नं. ३ का मुख्यमन्त्री पौडेल दुई बालबालिकाका अभिभावक

केन्द्रबिन्दु
0
Shares

मकवानपुर

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी विद्यार्थी भर्ना राष्ट्रिय अभियान शुरु गरेका छन् । मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिकाका आर्थिक अवस्था कमजोर रहेका परिवारका तामाङ्ग बालक, चेपाङ्ग बालिकालाई विद्यालयमा भर्ना गरेका हुन् ।

नेपाल सरकारले गरेको अभियान अन्तर्गत उनले मनहरी गाउँपालिका ६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मनहरी ६, जोगीटारका ६ वर्षिय सञ्जित ब्लोन र मनहरी ६, चौकिटोलकी ६ वर्षिया जेसिका प्रजालाई कक्षा १ मा भर्ना गरिदिएका हुन् ।

छोराछोरीलाई बिद्यालयमा पढाउन आर्थिक समस्या झेल्दै आएका चेपाङ र तामाङ परिवारले मुख्यमन्त्री पौडेलले छोराछोरी पढाईदिने भएपछी खुसी ब्यक्त गरे । भिमबहादुर ब्लोन र शर्मिला ब्लोनको २ छोरा र १ छोरी मध्ये सञ्जित कान्छा छोरा हुन् भने ज्ञानबहादुर प्रजा र हरिमायाँ प्रजाकको ५ छोरी र ३ छोरा मध्ये जेसिका कान्छी छोरी हुन् । मुख्यमन्त्री पौडेलले बालबालिकाहरुका लागि विद्यालय पोशाक, जुत्ता, स्कुल ब्याग, किताव तथा स्टेशनरी सामग्रीको ब्यवस्था गरेका थिए ।
नागरिकबाट

Logo