भक्तपुर

भक्तपुरमा नौ दिन आठ रात सम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा गए राति देखि सम्पन्न भएको छ । "/>

भक्तपुरको सबैभन्दा लामो बिस्केट जात्रा गए राति देखि सम्पन्न

भक्तपुरको सबैभन्दा लामो बिस्केट जात्रा गए राति देखि सम्पन्न

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

भक्तपुरमा नौ दिन आठ रात सम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा गए राति देखि सम्पन्न भएको छ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा हिजो साँझ गःहिटीबाट रथ तानेर सम्पन्न गरियो ।

वि.सं. अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिन अघि देखि तान्त्रिक विधि अनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ । जात्राको अन्तिम दिन साँझ गःहिटीबाट रथ तान्न शुरु गरिएको थियो । स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । स्थानीयले रथ तानेर वंशगोपाल पु¥याएपछि राति ९ बजे रथलाई तानेर पुनःनासमनातर्फ ल्याइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । जात्रामा हिंसा हुन नदिन एक हजार ३ सय प्रहरी परिचालन गरिएको थियो ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्परा अनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका थिए । रथलाई तानिसकेपछि रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छविकाल देखि मनाइँदै आएको छ ।
रासस

Logo