सोलुखुम्बु

सगरमाथा आरोहणका लागि क्याम्प दुई सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो । "/>

सगरमाथा आरोहणका लागि क्याम्प दुई सम्म बाटो खुला

सगरमाथा आरोहणका लागि क्याम्प दुई सम्म बाटो खुला

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु

सगरमाथा आरोहणका लागि क्याम्प दुई सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो । गत चैत्र १८ देखि निर्माण सुरु गरेका समूहले (अप्रिल ११) अर्थात गत शुक्रबार क्याम्प दुई सम्मको बाटो बनाउने काम सकेको आईसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए ।

शेर्पाले भने, ‘सगरमाथा आरोहणमा जान प्रयोग गरिने क्याम्प दुई सम्मको बाटो त निर्माण गरियो तर सगरमाथा आधार शिविरको बाटो निर्माण गर्ने काम भने निक्कै चुनौतीपूर्ण थियो ।’ शेर्पाका अनुसार क्याम्प दुई सम्म ११ स्थानमा भर्याङ राख्ने र अन्य क्षेत्रहरुमा डोरी समेत टाँगिएको छ ।

आईसफल डाक्टर आङकामी शेर्पाको नेतृत्वमा आठ जनाको समूहले सगरमाथा अरोहणको लागी बाटो निर्माण गरेका हुन् । आधार शिविर देखि क्याम्प एक र क्याम्प दुई सम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डाक्टरको समूहले निर्माण गरेका हुन् । एसपीसीसीले हरेक वर्ष हिमाल आरोहण अघि क्याम्प–२ सम्म बाटो निर्माण गर्दै आएको छ । बाटो निर्माण गर्ने आईसफल डक्टरको टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्‍याङको व्यवस्थापन गरेको छ ।
नागरिकबाट

Logo