काठमाडौँ
पछिल्लो ३ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या २ लाख ८६ हजार ८ सय ६५ जना पुगेको छ । यो संख्या अंग्रेजी महिना जनवरी देखी मार्च महिना सम्मको अवधिको रहेको अध्यागमन विभागले जनाएको छ ।
विभागका तथ्याङक अधिकृत कृष्ण सापकोटाका अनुसार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल र अन्य ६ नाका समेतबाट यति संख्यामा पर्यटक नेपाल आएका हुन् । मार्च महिनामा ९३ हजार २ सय ५८ पर्यटक आएका छन् । जुन पछिल्लो ३ महिनामै सबै भन्दा वढि हो । जनवरीमा ५७ हजार ५ सय ५५ र फेवु्रअरीमा ६६ हजार १ सय ५ पर्यटक आएका छन् । विमान स्थल हुँदै २ लाख १६ हजार ९ सय ९ आएका छन् भने स्थलमार्गबाट ६९ हजार ८ सय ६७ पर्यटक भित्रीएका हुन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया