काठमाडौँ
काठमाडौं उपत्यकामा कार्यरत एक ट्राफिक प्रहरीको काँधमा ९ सय ६१ सवारीसाधन व्यवस्थापन गर्ने जिम्मेवारी थपिएको छ । ट्राफिक व्यवस्थापनका लागि चाहिने पूर्वाधार र जनशक्तिको अभावका कारण ट्राफिक प्रहरी लामो समय खटिनु पर्ने देखिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा र मातहतका कार्यालयमा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी छ ।
महालेखा परीक्षकको कार्यालय काठमाडौंको ५५ औं वार्षिक प्रतिवेदन अनुसार उपत्यका भित्र एक ट्राफिक कर्मचारीको जिम्मामा ९ सय ६१ सवारी साधन र १.४६ किमी सडक व्यवस्थापनको जिम्मेवारी पर्छ । यस्तै एक ट्राफिक इकाईले २७ हजार चार सय ४४ सवारीसाधनको ट्राफिक व्यवस्थापन गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकार ट्राफिक प्रहरीसँग पर्याप्त जनशक्ति नहुँदा व्यवस्थापन गर्न चुनौती थपिएको बताउँछन् । ‘पर्याप्त जनशक्ति नहुँदा काम गर्न अप्ठेरो हुने नै भयो,’ उनले भने, ‘उपत्यकाको सडक, सवारीचाप लगायत कारणले सवारी व्यवस्थापनमा समस्या देखिएको हो ।’
महालेखा परीक्षकको कार्यालयले प्रशासन पुनःसंरचना आयोग, २०६५ को सुझाव अनुसार काठमाडौं उपत्यकामा दुई हजार ट्राफिक प्रहरी हुनु पर्नेमा अहिले सम्म त्यस अनुसार दरबन्दी कायम नभएको जनाएको छ । प्रतिवेदनमा हाल कायम रहेको दरबन्दीबाट सवारीसाधनको व्यवस्थापन प्रभावकारी नहुने भएकाले पर्याप्त जनशक्ति व्यवस्थापन गरी उपलब्धिमूलक कार्यसम्पादनमा जोड दिइएको छ ।
नागरिकबाट





























प्रतिक्रिया