काठमाडौँ

नेकपा (एमाले) को हिजो साँझको स्थायी कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सके सम्म यही वैशाख ९ गते नै गर्नु पर्ने निष्कर्ष निकालेको छ । "/>

वैशाख ९ मै एकता गर्न एमाले स्थायी कमिटीको जोड

वैशाख ९ मै एकता गर्न एमाले स्थायी कमिटीको जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा (एमाले) को हिजो साँझको स्थायी कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सके सम्म यही वैशाख ९ गते नै गर्नु पर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस (वैशाख ९) मा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एकताका लागि गर्नु पर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नु पर्ने नेताहरुको जोड रहेको बताए । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रिया सम्बन्धी छलफलमा जुटेका थिए । उनले बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ । संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निक्र्यौल गर्नु पर्नेछ ।
रासस

Logo