काठमाडौँ,
प्रमुख सत्तारुढ दल नेकपा (एमाले) स्थायी समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । "/>

एमाले स्थायी समितिको बैठक बालुवाटारमा जारी

एमाले स्थायी समितिको बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ,
प्रमुख सत्तारुढ दल नेकपा (एमाले) स्थायी समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरण गर्ने लगायत महत्वपूर्ण विषयमा छलफल भइरहेको बताइएको छ ।

एमाले र माओवादी केन्द्रले यही वैशाख ९ गते पार्टी एकीकरण गर्ने आन्तरिक र द्विपक्षीय तयारी गरिरहेका बेला यो बैठक बसेको हो । एमालेले वैशाख ७ गते पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएकाले त्यसका लागि समेत यो बैठकले कार्यसूची तय गर्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, नेता सुवास नेम्वाङ, महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत सहभागी छन् । दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकीकरण सम्बन्धमा आजै बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा आपसी छलफल भएको थियो ।
रासस

Logo