सर्लाही

मेयरले नगरपालिकाको काम मनोमानी गरेको भन्दै त्यसको विरोधमा जिल्ला स्थित बलरा नगरपालिका कार्यालयमा सूरु भएको रिले अनशनमा आईतबार स्थानीय महिलाहरु सहभागि भएका छन् । "/>

मेयर विरुद्ध महिलाहरु १४ दिन देखि रिले अनशनमा

मेयर विरुद्ध महिलाहरु १४ दिन देखि रिले अनशनमा

केन्द्रबिन्दु
0
Shares

सर्लाही

मेयरले नगरपालिकाको काम मनोमानी गरेको भन्दै त्यसको विरोधमा जिल्ला स्थित बलरा नगरपालिका कार्यालयमा सूरु भएको रिले अनशनमा आईतबार स्थानीय महिलाहरु सहभागि भएका छन् । मेयर अभय सिंहले आफ्नै भाइको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारबाहीमा आफूहरुसँग कुनै सल्लाह नै नगरी मनोमानी ढंगले अगाडि बढेको भन्दै गत चैत १९ गतेबाट ५ जना वडा अध्यक्ष सहित स्थानीयले विरोध स्वरुप कार्यालयमा तालाबन्दी तथा रिले अनशन सुरु गरेका थिए ।

रिले अनशनको १४ औं दिन आईतबार स्थानीय १० जना महिला अनशनमा सहभागि भएका हुन् । बलरा नगरपालिका–१ निवासी सिर्जादेवी मण्डल, राधिकादेवी पासवान, शान्तिदेवी पासवान, रामकुमारी साहकानू, लक्ष्मीदेवी मण्डल, सुन्दरीदेवी मण्डल, गिर्सी देवी साहकानू, रामवतीदेवी मण्डल, अकली देवीपासवान, उक्क्षीदेवी मण्डल लगायत असनमा सहभागि भएको स्थानीय सामाजिक व्यक्तित्व कौशल किशोर सिंहले जानकारी दिए ।

मेयर सिंहले नगरबासीको हकहित भन्दा पनि आफ्नो व्यक्तिगत एवं परिवार तथा नातावादमा बढी जोड दिएकाले आफूहरु अनसनमा सहभागि भएको राधिकादेवी पासवानले बताईन् । वडा नं. १ अन्तर्गत भारतीय सीमा स्थित छन्की टोला देखि उत्तर छतौनाको हुलाकी राजमार्ग सम्म जोडिने सडकमा माटो भर्ने योजना सम्पन्न गर्नका लागि मेयर सिंहका कान्छा भाइ पंकजकुमार सिंहको अध्यक्षतामा रातारात उपभोक्ता समिति गठन गरी नगरपालिकाले सम्झौता गरेको सोही वडाका वडा अध्यक्ष सन्तोषकुमार सिंहले बताए ।
नागरिकबाट

Logo