काठमाडौँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो अवैध सुन सहित भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट अवैध रुपमा ल्याइएको २ किलो सुन सहित २ भारतीय नागरिकलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जनाउँदै विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दले तस्करीमा संलग्न अन्यको पनि खोजी भइरहेको बताएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया