धुलिखेल

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यम माथि नियमन गरिने बताएका छन् । "/>

काभ्रे पुगेर सञ्चार राज्यमन्त्री बाँस्कोटाले के भने त्यस्तो ?

काभ्रे पुगेर सञ्चार राज्यमन्त्री बाँस्कोटाले के भने त्यस्तो ?

केन्द्रबिन्दु
0
Shares

धुलिखेल

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यम माथि नियमन गरिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभ्रेले आज बनेपामा आयोजना गरेको ‘राष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उनले पत्रकारले पनि संविधान र कानुन मान्ने परम्परा विश्वव्यापी रुपमा रहेको स्मरण गराउँदै तर सरकारले प्रेस माथि नियन्त्रण नगर्ने स्पष्ट गरे ।

पछिल्लो समयमा पत्रकारबाट गलत सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाजले जे मन लाग्यो त्यही गरेकामा आपत्ति जनाए । सामाजिक सञ्जाललाई अब यस्तो गर्ने छुट नभएको बताउँदै उनले त्यसको नियमन गर्ने बताए । “कानून र संविधान कहाँको पत्रकारले मान्दैन ? उनले भने , “अधिकार र उत्तरदायित्व सँगसँगै जान्छ ।”
रासस

Logo