काठमाडौं

सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको छन् । "/>

नेपाल आउने पर्यटक मध्ये भारतीय भन्दा चिनियाँ धेरै

नेपाल आउने पर्यटक मध्ये भारतीय भन्दा चिनियाँ धेरै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो ।

तीन महिनामा नेपाल आउने पर्यटक संख्यामा चिनियाँले भारतीयलाई उछिनेका छन् । विगतमा सधैं जसो भारतीय पर्यटक बढी आउने गरे पनि यसवर्ष चिनियाँ पर्यटक नेपालमा बढी भित्रिएका हुन् । तीन महिनामा चिनियाँ पर्यटकको संख्या ४० हजार ९७८ छ । गत वर्ष सन २०१७ को तीन महिनामा भने २९ हजार ६ सय ८४ मात्रै थियो । तीन महिनामा भारतबाट भने ३४ हजार ३ सय १० भारतीय नागरिक नेपाल भ्रमणमा आएका छन् ।

गत वर्ष तीन महिनामा २ लाख ५३ हजार ९ सय ८४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यही वृद्धिदर कायम रहे २०१८ को अन्त्य सम्ममा ११ लाख पर्यटक नेपाल भित्रिने छन् । २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । अध्यागमन विभागका अनुसार २०१८ को पहिलो तीन महिनामा विमानस्थल सहित देशका अन्य नाकाबाट नेपाल भ्रमणका आउने पर्यटनको संख्यामा ११.४६ प्रतिशतले बढेको हो । संख्याका आधारमा ३२ हजार ८ सय ४४ ले बढी हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २ लाख १६ हजार ९९८ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

सन् २०१८ को पहिलो तीन महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउनेको संख्या २१ हजार ३६९ छ । यो संख्या सन २०१७ को तीन महिनामा १९ हजार ७६७ थियो । यसैगरी चौथो बढी पर्यटक बेलायतबाट आएका छन् । बेलायतबाट सन् २०१८ को पहिलो तीन महिनामा नेपाल आउने पर्यटकको संख्या १५ हजार ३ सय ८१ रहेको छ ।
कारोबारबाट

Logo