काठमाडौं
निर्वाचन आयोगले २ वैशाखबाट मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान सुरु गर्ने भएको छ । आयोगको पदाधिकारी बैठकले २ वैशाखबाट सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्न दर्ता खुला गरेको हो ।
आयोगका प्रवक्ता नवराज ढकालले २ वैशाखबाट ७७ वटै जिल्ला तथा पाँच क्षेत्रीय कार्यालयबाट मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) आवश्यक भए सोका लागि अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन हुने बताए ।
‘२ वैशाखबाट ७७ वटै जिल्ला तथा ५ क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने तथा नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्ने कार्य सञ्चालन गर्ने आयोगको निर्णय हो,’ प्रवक्ता ढकालले भने ।
उनले यसअघि दर्ता नभएका र नागरिकता प्राप्त गरेका सबैले नाम दर्ता गराउन सक्ने समेत जानकारी दिए । १६ वर्ष उमेर पुगेका व्यक्तिले पनि नाम दर्ता गराउन सक्ने तर परिचयपत्र भने १८ वर्ष उमेर पूरा भएपछि मात्रै दिइने प्रवक्ता ढकालको भनाइ छ । अद्यावधिक गर्नु पर्ने आवश्यकता भएकाहरूले समेत सोही मितिबाट अद्यावधिक गर्न सक्नेछन् ।
राजधानीबाट































प्रतिक्रिया