काठमाडौं

वाम एकता संयोजन समितिको बुधबारको बैठक स्थगित भएको छ । चैत २२ गते बसेको वाम एकता संयोजन समितिको बैठकमा दुई कार्यदलले तयार पारेको छुट्टाछुट्टै प्रतिवेदन बुझाइएको थियो । "/>

प्रचण्ड सामान्य विरामी हुँदा एकीकरण बैठक स्थगित ?

प्रचण्ड सामान्य विरामी हुँदा एकीकरण बैठक स्थगित ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

वाम एकता संयोजन समितिको बुधबारको बैठक स्थगित भएको छ । चैत २२ गते बसेको वाम एकता संयोजन समितिको बैठकमा दुई कार्यदलले तयार पारेको छुट्टाछुट्टै प्रतिवेदन बुझाइएको थियो । कार्यदलले तयार पारेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा सहमति नजुटेका विषय एकता संयोजन समिति मार्फत टुंग्याउन बुधबार ५ बजे बैठक बोलाइएको थियो ।

एकता संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अवस्थ्य भएकाले बैठक स्थगित भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एकता संयोजन समितिका सदस्य समेत रहेको श्रेष्ठले भने, ‘बैठक कहिले बस्ने टुंगो लागेको छैन । अध्यक्षको स्वास्थ्यमा सुधार आयो भने भोलि पनि बैठक बस्न सक्छ,’ उनले भने । दाहाल सामान्य बिरामी भएकाले आराम गरिरहेका छन् ।

कार्यदलले बुझाएको प्रतिवेदन माथि संयोजन समितिले छलफल गरी टुंग्याउने कार्यदेश छ । ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने, निर्वाचन चिह्न तथा केन्द्र देखि गाउँपालिकासम्म एकीकरणपछिको पार्टी कमिटीमा एमाले–मााओवादीबाट कतिकति राख्ने भन्ने विषय एकता संयोजन समितिमै छलफल गरी टुंग्याउने उल्लेख छ । यी विषय माथि एकता संयोजन समितिले छलफल गरी टुंग्याएपछि पार्टी एकता घोषणा हुनेछ ।
अन्नपूर्णबाट

Logo