काठमाडौं

फास्ट ट्रयाक निर्माणका सिलसिलामा ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा बुधबार छलफल भएको छ । "/>

ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा छलफल

ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

फास्ट ट्रयाक निर्माणका सिलसिलामा ललितपुरको खोकनामा उत्पन्न विवादका विषयमा बुधबार छलफल भएको छ । रक्षामन्त्री ईश्वर पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सैनिक मुख्यालयमा छलफल आयोजना गरिएको हो । खोकना क्षेत्रको जग्गा अधिग्रहण तथा मुआब्जा सम्बन्धमा ललितपुर जिल्लाका सांसद पम्फा भुषाल, सरकारी कार्यालयका पदाधिकारी, स्थानीय जनप्रतिनिधी, सरोकारवाला र स्थानीय बासिन्दासँग छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

छलफलमा स्थानीय प्रतिनिधीहरुले जग्गाको समयानुकुल उचित मुआब्जा दिन र उक्त ईलाकाको ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षणमा पहल गर्न आग्रह गरेका थिए । उनीहरुले नेपाल सरकारको परियोजना चक्रपथ, स्मार्ट सिटी, बाग्मती करिडोर, १३३ के.भि.ए. प्रशारण लाईन उक्त स्थानमा पर्दा खोकनाको अस्तित्व नै खतरामा पर्ने जानकारी गराएका थिए ।

छलफलमा सांसद भूषालले आयोजना बन्न सहयोग गर्नु पर्ने तर समयसापेक्ष मुआब्जा रकम उपलब्ध गराउनु पर्ने बताइन् । कार्यक्रममा रक्षामन्त्री पोखरेलले मुआब्जाको विषयलाई पुनरावोलकन गर्न, सांस्कृतिक सम्पदा बचाउन र स्थानीय जनतालाई विस्थापित हुन नदिनको लागि गहन छलफल गरी निर्णय गरिने बताएका छन् । फास्ट ट्रयाकको जग्गा अधिग्रहणका विषयमा कुरा नमिलेपछि स्थानीयहरुले फास्ट ट्रयाक निर्माणको विरोध गर्दै आएका छन् ।
नागरिकबाट

Logo