काठमाडौं
नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो । भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारत दुवै देशमा चलाउन प्रतिबन्ध छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई दिन अघि उक्त परिमाणको भारतीय रुपैयाँ सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
भारतमा समेत प्रतिबन्धित हजार र पाँच सय दरका नोट कसरी र कुन प्रयोजनका लागि नेपाल ल्याइएको हो भन्ने विषयमा परिसरले अनुसन्धान गरिरहेको छ । परिसरले बुधबार राति सम्म अनुसन्धान सिध्याएर ती नोट सहित समातिएका दुई जनालाई बिहीबार (आज) सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
‘लाखौं भारतीय रुपैयाँ बरामद भएको छ । मानिस पनि पक्राउ परेका छन् । अनुसन्धान जारी रहेकाले सार्वजनिक नगरिएको हो’, परिसर स्रोतले भन्यो । स्रोतका अनुसार ती दरका नोट एक सय भारतीय रुपैयासँग सटही गर्न नेपाल ल्याइएको हो । भारतीय बजारमा कारोबार गर्ने व्यवसायीले विभिन्न प्रलोभन देखाएर सो रकम नेपाल पठाएको हुनसक्ने प्रहरी स्रोतको अनुमान छ । खुला सिमानाका कारण सो रकम नेपाली बजारमा सहजै भित्रिएको हो।
भारत सरकारले २ हजार दरको नोट प्रचलनमा ल्याएपछि ५ सय र एक हजार दरका नोट चलाउन प्रबिन्ध लगाएको छ । भारतमा प्रतिबन्ध लगाइएपछि ती दरका नोट नेपालमा पनि अवैध भएका हुन् । भारतले प्रतिबन्ध लगाएपछि नेपालका बैंक र सर्वसाधारणसँग रहेको हजार र पाँच सय दरका नोट सटही हुन सकेको छैन ।
नागरिकबाट































प्रतिक्रिया